२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दक्षिण कोरियालाई हराउँदै नकआउट चरण प्रवेश गर्ने पहिलो टोली बन्यो आयोजक मेक्सिको

दक्षिण कोरियालाई हराउँदै नकआउट चरण प्रवेश गर्ने पहिलो टोली बन्यो आयोजक मेक्सिको

साझा पोष्ट
शुक्रबार, असार ५ २०८३
  • images
    images
    दक्षिण कोरियालाई हराउँदै नकआउट चरण प्रवेश गर्ने पहिलो टोली बन्यो आयोजक मेक्सिको

    काठमाडौं । दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकप फूटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।


    images

    समूह ए को विजेता बन्दै आयोजक मेक्सिको एक खेल बाँकी छँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

    आज विहान भएको खेलमा दक्षिण कोरियालाई शून्यका विरुद्ध एक गोलले हराउँदै मेक्सिको २ जितसहित ६ अंक बटुलेर नकआउट चरण प्रवेश गरेको हो । 

    मेक्सिकोको ग्वाडालजारा स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि ५० औं मिनेटमा लुइस रोमोले गरेको एकमात्रै गोल निर्णायक भयो । 

    खेल भर बल पोसेसन र पास एक्युरेसीमा पनि दक्षिण कोरिया अगाडि रहे पनि गोल गर्न सकेन् । 
    समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको पनि सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराएको थियो ।

    दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएको थियो । मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

    नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार