२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

१० खेलाडीमा सीमित पाराग्वेसँग पराजित हुँदै टर्की विश्वकपबाट बाहिरियो

१० खेलाडीमा सीमित पाराग्वेसँग पराजित हुँदै टर्की विश्वकपबाट बाहिरियो

साझा पोष्ट
शनिबार, असार ६ २०८३
  • images
    images
    १० खेलाडीमा सीमित पाराग्वेसँग पराजित हुँदै टर्की विश्वकपबाट बाहिरियो

    काठमाडौं । लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ ।


    images

    सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

    १० खेलाडीमा सीमित भए पनि पाराग्वेले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै टर्कीलाई १–० ले पराजित गर्यो । पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजित भएको पाराग्वेले दोस्रो खेल जितेको छ । 

    पाराग्वेका मिडफिल्डर माटियास गालार्जाले खेल सुरु भएको मात्र ६४ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २५ मिटर टाढाबाट उनले गरेको शक्तिशाली प्रहार सिधै जालीमा पुगेको थियो। त्यही गोलनै निर्णायक भयो । यो गोल विश्वकप २०२६ को अहिलेसम्मकै सबैभन्दा छिटो गोल बनेको छ। 


    पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका कप्तान मिगुएल अल्मिरोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली दबाबमा परेको थियो। टर्कीका मेर्ट मुल्दुरसँग भएको भनाभनका क्रममा अल्मिरोनले आफ्नो मुख हातले छोपेका थिए।

    भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को समीक्षा पछि उनलाई सिधै रातो कार्ड देखाइएको थियो। विश्वकपमा लागू गरिएको नयाँ नियमअनुसार विवादास्पद वा आक्रामक परिस्थितिमा खेलाडीले हात,  पाखुरा वा जर्सीले मुख छोपेमा रातो कार्ड दिइन्छ।
    अल्मिरोन बाहिरिएपछि पाराग्वेले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित भएर खेलेको थियो। टर्कीले लगातार आक्रमण गरे पनि पाराग्वेको रक्षापंक्तिले सबै प्रयास विफल बनायो।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार