काठमाडौं । फिफा विश्वकपमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हासिल गरेको छ ।
पहिलो जित निकालेपछि समूह एफको जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापान र नेदरल्यान्ड्सको समान ४ अंक भएको छ ।
मेक्सिकोको मोन्टेरेमा भएको फिफा विश्वकपको १०००औं खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक-एक गोल गरे ।
जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक हराएको हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २(० ले पराजित गरेको थियो ।


