२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

साउदी अरेबियाको पोष्टमा स्पेनको ४ गोल

साउदी अरेबियाको पोष्टमा स्पेनको ४ गोल

साझा पोष्ट
सोमबार, असार ८ २०८३
  • images
    images
    साउदी अरेबियाको पोष्टमा स्पेनको ४ गोल

    काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित हासिल गरेको छ ।  एटलान्टा स्टेडियममा आईतवार राति भएको खेलमा स्पेनले साउदीलाई ४–० ले हराएको हो । पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले  अब नकआउट चरण पुग्ने सम्भवना बलियो बनाएको छ ।


    images

    स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले एक गोल गर्दा एक आत्मघाती गोल उपहार पायो । १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसपछि  मिकेलले  २१औं र २४औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । 

    पहिलो हाफमा आक्रमक बनेको स्पेनले त्यसपछि गोल गर्न सकेन । खेलको ४९औं मिनेटमा साउदीले हसन अल्ताम्बक्तिले आत्मघाती गोल गर्दा स्पेनको अग्रता ४–०  पुग्यो । त्यसपछि पनि दुवै टोलीले उत्तिकै अवसर पाएपनि गोल गर्न सकेनन् । गोल गरेका दुवै जनालाई स्पेनले पहिलो हाफको खेलपछि आराम दियो ।

    योसँगै स्पेन २ खेलबाट ४ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक अंक छ 

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार