२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मेस्सीको दुई गोलमा अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

मेस्सीको दुई गोलमा अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

सर्वाधिक गोल गर्ने कीर्तिमान मेस्सीको नाममा

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    मेस्सीको दुई गोलमा अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

    काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमवार राति अमेरिकाको ड्यालसमा   स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो । 


    images

    अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान मेस्सीले गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै मेस्सीले २–० को जित दिलाए ।

    यो खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले विश्वकपमा १८ गोल गरिसकेका छन् । उनले यो खेलमा पेनाल्टी मिस गरेका थिए । 


    समूह ‘जे’ मा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । अष्ट्रिया २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ । समान एक खेल खेलेका जोर्डन र अल्जेरिया अंकविहीन छन्

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार