२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकप: फ्रान्स र इराकबीचको खेल वर्षाले स्थगित

विश्वकप: फ्रान्स र इराकबीचको खेल वर्षाले स्थगित

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    विश्वकप: फ्रान्स र इराकबीचको खेल वर्षाले स्थगित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को फ्रान्स र इराकबीचको खेल वर्षाले स्थगित भएको छ। पहिलो हाफ सकिँदा फ्रान्स १–० ले अगाडि थियो। फ्रान्सका कप्तान किलियन एम्बाप्पेले १४औँ मिनेटमा गरेको गोल नै खेलको एकमात्र गोल बनेको थियो।


    images

    खेलाडीहरू विश्रामका लागि ड्रेसिङ रुममा फर्किएलगत्तै रंगशाला प्रशासनले दक्षिण फिलाडेल्फिया क्षेत्रमा भीषण आँधी र चट्याङ सक्रिय रहेकाले दोस्रो हाफको सुरुआत अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गरेको थियो।

    सुरक्षा नियमअनुसार रंगशालाको आठ माइलभित्र चट्याङ देखिएमा खेल तत्काल रोक्नुपर्ने व्यवस्था छ। यसका कारण खेलाडीहरूलाई ड्रेसिङ रुममै बस्न निर्देशन दिइएको छ भने दर्शकहरूलाई पनि सुरक्षित आश्रयस्थलतर्फ जान भनिएको छ।

    प्रत्येक नयाँ चट्याङपछि कम्तीमा ३० मिनेटको प्रतिक्षा अवधि पुनः सुरु हुने नियम रहेको छ।
    रोकिएको खेल कहिलेदेखि सुरु हुन्छ फिफाले जानकारी गराएको छैन। अहिले पनि पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा वर्षा भइरहेको छ। 

    मौसम पूर्वानुमान महाशाखाले पनि खेल सुरु हुनुअघि सम्भावित वर्षाबारे जानकारी गराएको थियो। समूह ‘आई’ अन्तर्गत फ्रान्स र इराकबिच खेल भइरहँदा वर्षा सुरु भएपछि धेरै दर्शकले रंगशाला छाडेका छन्। पहिलो खेलमा इराक नर्वेसँग ४–१ गोलले पराजित भएको थियो। फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार