२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा,हालाण्डको २ गोल

२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा,हालाण्डको २ गोल

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    २८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा,हालाण्डको २ गोल

     काठमाडौं  । सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।


    images

    न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे नकआउट चरण प्रवेश गरेको हो । २८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको थिएन ।

    नर्वेको जितमा इर्लिङ हालान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार टरेन् ।

     ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएको खेलमा एर्लिङ हालान्डले ४८औं मिनेटमा गोल गर्दै नर्वेको अग्रता दोब्बर पारे । 

    ५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रता ३ १ मा पुर्याए । 

    दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्किएपनि हारबाट जोगिएन । 

    जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् । अब समूह विजेताका लागि फ्रान्स नर्वे भीड्नेछन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार