२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

भेनेजुएला भूकम्पमा परी  मर्नेको संख्या १६४ पुग्यो, ९७१ घाइते

भेनेजुएला भूकम्पमा परी  मर्नेको संख्या १६४ पुग्यो, ९७१ घाइते

साझा पोष्ट
बिहीबार , असार ११ २०८३
  • images
    images
    भेनेजुएला भूकम्पमा परी  मर्नेको संख्या १६४ पुग्यो, ९७१ घाइते

    काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी  मृत्यु हुने संख्या १६४ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार भूकम्पमा परी ९ सय ७१ जना घाइते भएका छन्। 


    images

    बुधबार बिहानै ७.२ र ७.५ रेक्टर स्केलको भूकम्प गएपछि ठूलो मानवीय र भौतिक क्षति भएको छ  ।  यसलाई शताब्दीयताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि अग्ला भवनहरु भत्किएका थिए। छिमेकी देशहरुमा समेत भूकम्प महशुस गरिएको थियो। 

    ला गुएइरा सहरमा भग्नावशेषबाट तीन बालबालिकालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो सहर काराकासको उत्तरतर्फ छ। 

    दर्जनौँ भवनहरु भत्किएको कार्यवाहक राष्ट्रपति रड्रिगेजलाई उद्धृत गर्दै एपीले जनाएको छ। भुकम्पले १० हजारदेखि १ लाखसम्मको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार