२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

समूह उपविजेता बन्दै जापान नकआउट चरणमा, बराबरीपछि स्वीडेन पनि पुग्यो

समूह उपविजेता बन्दै जापान नकआउट चरणमा, बराबरीपछि स्वीडेन पनि पुग्यो

साझा पोष्ट
शुक्रबार, असार १२ २०८३
  • images
    images
    समूह उपविजेता बन्दै जापान नकआउट चरणमा, बराबरीपछि स्वीडेन पनि पुग्यो

    काठमाडौं । बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।


    images

    जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।


    खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे । नेदरल्यान्ड्स ७ अंक जोड्दै समूह विजेता बनेर नकआउट चरणमा पुग्दा ट्युनिसिया अंकविहिन बनेर विश्वकपबाट बाहिरियो । नेदरल्यान्ड्सले नकआउटमा समूह ‘सी’ को उपविजेता मोरक्कोसँग खेल्नेछ ।
    जापान लगातार तेस्रो पटक नकआउट चरण प्रवेश गर्न सफल भयो । सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको जापान सन् २०१८, २०२२ र यसपटक नकआउट चरणमा पुगेको हो ।


    सन् २००२ र २०१० मा पनि नकआउट चरणमा पुगेको थियो । सन् १९५८ मा फाइनलमा पुगेको स्वीडेन सन् २०१८ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको स्वीडेन नकआउट चरणमा पुगेको हो ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार