काठमाडौं । इजिप्ट पहिलो पटक विश्वकप फुटबलको नकआउट चरण प्रवेश गरेको छ । इतिहासमा पहिलोपटक नकआउट चरणमा स्थान बनाएको छ।
समूह ‘जी’ अन्तर्गत शनिबार विहान भएको खेलमा इरानसँग १–१ को रोमाञ्चक बराबरी खेलेपछि इजिप्ट उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको हो।
यो नतिजासँगै इजिप्टले अन्तिम ३२ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
इरान पनि समूह चरणभर अपराजित रह्यो। उसले न्यूजिल्यान्ड, बेल्जियम र इजिप्टसँग समान रूपमा बराबरी खेलेर तीन अंक जोड्यो। तर‚ तीन अंकका कारण टोलीको भविष्य अन्य समूहका तेस्रो स्थानमा रहने टोलीको नतिजामा निर्भर भएको छ। उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये पर्न सके इरानले नकआउट चरणमा स्थान बनाउनेछ।
इजिप्टले खेलको सुरुआतमै अग्रता बनाएको थियो। मोहम्मद सलाहको डिफ्लेक्ट भएको प्रहार इरानी गोलरक्षक अलिरेजा बेरानभान्दले पूर्ण रूपमा नियन्त्रण गर्न नसकेपछि महमुद साबेरले रिबाउन्डमा सहज गोल गर्दै टोलीलाई अग्रता दिलाए।
तर नवौं मिनेटमै इरानले बराबरी गर्ने सुनौलो अवसर पायो। मोहम्मद अब्देलमोनेमले मेहदी तारेमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इरानले पेनाल्टी पाएको थियो। तर इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले तारेमीको प्रहार बचाए ।
तर इरानले त्यसको केहीबेरमै खेल बराबरी गर्यो। मिलाद मोहम्मदीको शक्तिशाली प्रहार शोबेरले रोके पनि रिबाउन्डमा रामिन रेजाएयानले गोल गर्दै स्कोर १–१ बनाए।
त्यसपछि गोल हुन सकेन् ।


