२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी............’

‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी............’

साझा पोष्ट
सोमबार, असार १५ २०८३
  • images
    images
    ‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी............’

    काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीका खेतका गराहरू  बेहुलीझैं सजिएका छन् ।  झरी र खेतको हिलोलाई नै सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन् । जितपुरफेदीमा देखिएको यो रोपाइँ सामान्य खेतीपाती मात्र थिएन, यो त एउटा भव्य सांस्कृतिक उत्सव जस्तो देखिन्थ्यो । परम्परागत रातो बुट्टे चोली र कालो गुन्यूमा सजिएका रोपारहरूको टोलीले जब खेतका गरामा धानका बीउ राेप्न थाल्छन, तब  वातावरण नै संगीतमय बन्छ  ।
    रोपाइँलाई थप उल्लासमय बनाउन पञ्चेबाजाको टोलीनै खेतको डिलमा उपस्थित थियो । सनाई र दमाहाको तालमा रोपारहरूले धानकाे बीउ रोप्दै गर्दा  बटुवाहरू समेत लोभिएका देखिन्थे । हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै र पञ्चेबाजाको धुनमा खुट्टा टेक्दै रोपाइँ गर्नुले नेपाली मौलिक श्रम संस्कृति जीवन्त बनिरहेकाे थियाे ।
    रोपाइँमा बाउसेहरूको सक्रियता पनि लोभलाग्दो थियो । कोही खेत सम्याउँदै थिए त कुलो व्यवस्थापनमा व्यस्त थिए । हातमा धानका बीउ समातेर मुस्कुराइरहेका दिदीबहिनीको मुहारमा देशको मेरुदण्ड मानिने कृषिको गर्व झल्किन्थ्यो । आधुनिकताको चपेटामा हराउँदै गएको ’असार १५’ को रौनकतालाई जितपुरफेदीले यसरी नै जोगाइराखेको भान हुन्छ ।
    याे आधुनिक  जमाना हाे,  रोपाइँको बीचमा टिकटक बनाउने, तस्बिर खिच्ने र यो खुशीलाई विश्वभर फैलाउने प्रयासमा युवा पुस्ता पछि पर्ने कुरै भएन ।  हातमा हिलो र ओठमा मुस्कान लिएर खिचिएका यी तस्बिरहरूले कृषि पेशालाई घृणा सम्मान गर्न सिकाउँछन् । 
    जितपुरफेदीको यो रोपाइँले फेरि एकपटक सम्झाएको छ–हाम्रो समृद्धि माटोमै छ । जबसम्म पञ्चेबाजाको तालमा यसरी नै खेतका गराहरू गुञ्जिरहन्छन्, तबसम्म हाम्रो मौलिकता बाँचिरहनेछ । 


    images

    dhan_2.jpg

    dhan_4.jpg

    dhan_3.jpg

    dhan_6.jpg

    dhan_11.jpg

    dhan_5.jpg

    dhan_9.jpg

    dhan_8.jpg

    dhan_7.jpg

    dhan_10.jpg

    तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार