काठमाडौं । ईक्वेडरलाई २-० ले हराउँदै आयोजक मेक्सिको फिफा विश्वकप-२०२६ को प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मेक्सिको सिटी स्टेडियममा केहीबेर अघि सकिएको होलमा विजयी हुँदै मेक्सिको अन्तिम १६ मा पुगेको हो ।
मेक्सिकोले दुवै गोल पहिलो हाफमा गर्यो ।खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो गोल गर्दै मेक्सिकोको लागि गोलको खाता खोलेका थिए।
३१औँ मिनेटमा राउल जिमेनेजले मेक्सिकोको लागि दोस्रो गोल गरे । मेक्सिकोले इक्वेडरलाई दबाबमा राखेपनि दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन र मेक्सिको २-० ले विजयी भयो ।
यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १–० र चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको थियो। उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको थियो। मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित छ।


