२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

इरानको घोषणाः खामेनी हत्याको बदला अवश्य लिनेछौं

इरानको घोषणाः खामेनी हत्याको बदला अवश्य लिनेछौं

साझा पोष्ट
बिहीबार , असार १८ २०८३
  • images
    images
    इरानको घोषणाः खामेनी हत्याको बदला अवश्य लिनेछौं
    अमेरिका र इरानले मारेका इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी

     काठमाडौं ।  इरानले सर्वोच्च नेता  आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रले  सन्देश जारी गर्दै खामेनीको हत्याको बदला लिने घोषणा गरेका हुन् । 


    images

    बीबीसीका अनुसार सन्देशमा खामेनीको हत्याको बदला हत्याराहरूसँग अवश्य नै लिइने उल्लेख छ ।

    मोहम्मद बाकरको उक्त सन्देश सोशल मिडिया प्लेटफर्म ‘एक्स’द्वारा जारी गरिएको छ । इरानका सर्वोच्च नेता खामेनीको २८ फेबुअरी २०२६ मा अमेरिकी आक्रमणमा परी मृत्यु भएको थियो ।

    उक्त आक्रमण इरानमाथि अमेरिकी र इजरायलको पहिलो आक्रमण थियो । उक्त आक्रमणमा कयौं अन्य महत्वपूर्ण इरानी अधिकारीहरूका साथ–साथै उनको परिवारका केही सदस्य पनि मारिएका थिए ।

    खामेनीको अन्तिम संस्कार समारोह ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा गरिने बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार