२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्वनमा परेको होइनः सरकार

वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्वनमा परेको होइनः सरकार

साझा पोष्ट
बिहीबार , असार १८ २०८३
  • images
    images
    वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्वनमा परेको होइनः सरकार

    काठमाडौं ।  सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ। 


    images

    बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन्।

    यसअिघका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको उनले दावी गरे। नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने जिकिर गरे।

    उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू धेरै परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारे।

    एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने बताए। फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरूआएपछि विस्तृत छलफल गरिने बताए।

    नेपालको फुटबललाई जसरी भए पनि माथि उठाउने अठोट अहिलेको सरकारको रहेको र अब बन्ने एन्फामा राजनीतिक आधारमा नभइ नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना रहेको उनले बताए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार