२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्पेन विश्वकपको प्रि–क्वार्टरफाइनलमा, नकआउट चरणमा १६ वर्षपछि पहिलो जित

स्पेन विश्वकपको प्रि–क्वार्टरफाइनलमा, नकआउट चरणमा १६ वर्षपछि पहिलो जित

साझा पोष्ट
शुक्रबार, असार १९ २०८३
  • images
    images
    स्पेन विश्वकपको प्रि–क्वार्टरफाइनलमा, नकआउट चरणमा १६ वर्षपछि पहिलो जित

    काठमाडौं । २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।


    images

    लस एन्जलस स्टेडियममा भर्खरे सकिएको खेलमा अष्ट्रियालाई ३–० गोलले हराउँदै स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।

    स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेलको गोलबाट अग्रता लिएको स्पेनलाई ६६ औं मिनेटमा पेड्रोले गोल गर्दै अग्रता दोब्बर पारे।

    ओयार्जाबल त्यति मै रोकिएनन्। खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।


    स्पेनको नकआउट चरणमा १६ वर्षपछि पहिलो जित 

    स्पेनले सन् २०१० पछि पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपकरुो नकआउट चरणमा पहिलो जित हात पारेको हो ।

    स्पेनले अब अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार