काठमाडौं । स्पेनका गोलरक्षक उनाइ सिमोनले फिफा विश्वकपमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनले इतिहासमा सबैभन्दा लामो समयसम्म गोल नखाने गोलरक्षक बनेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।
लगातार ५१९ मिनेट गोल नखाई नयाँ विश्व कीर्तिमान बनाएका हुन् । यससँगै उनले सन् १९९० को विश्वकपमा इटालीका गोलरक्षक वाल्टर जेन्गाले बनाएको ५१८ मिनेट लामो क्लिन सिटको कीर्तिमान तोडेका छन् ।
सिमोनले नकआउट चरणमा अस्ट्रियाविरुद्धको खेलका क्रममा जेन्गाको ३६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन । उनले यो खेलमा पनि क्लिन सिट कायम राख्दै स्पेनलाई ३-० को जित दिलाए ।
सिमोनको यो यात्रा कतारमा भएको २०२२ विश्वकपपछि सुरु भएको हो । जापानसँग २(१ को हारपछि उनले विश्वकपमा कुनै पनि गोल बेहोरेका छैनन् । त्यसयता २०२६ विश्वकपका समूह चरणका सबै खेल र अन्तिम ३२ को खेलसम्म उनले लगातार विपक्षीलाई गोल गर्न दिएका छैनन् ।


