२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

साझा पोष्ट
शुक्रबार, असार १९ २०८३
  • images
    images
    ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु गरेको छ।


    images

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्।

    बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित गत वर्ष पहिलोपटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष दोस्रो संस्करण सञ्चालन गरेको जनाएको छ।

    विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित प्रतियोगिताका लागि खुला आवेदनमार्फत उत्कृष्ट १४ टोली छनोट गरिएको बैंकले जनाएको छ।

    दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताको पहिलो चरणमा सहभागीहरूले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ। सहभागी टोलीहरूले बैंकिङ सेवालाई थप सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने एआई तथा एमएलमा आधारित नवीन अवधारणाहरू प्रस्तुत गर्नेछन्।

    उद्घाटन समारोहमा सीईओ रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका भावी सेवा विकास तथा प्रविधिसम्बन्धी चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कारका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसर पनि प्रदान गरिनेछ।

    ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका आधारमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ तथा अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ।

    हाल ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार