२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

संघर्षपूर्ण र रोमाञ्चक खेलमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना विश्वकपको प्रिक्वार्टरफाइनलमा

संघर्षपूर्ण र रोमाञ्चक खेलमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना विश्वकपको प्रिक्वार्टरफाइनलमा

साझा पोष्ट
शनिबार, असार २० २०८३
  • images
    images
    संघर्षपूर्ण र रोमाञ्चक खेलमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना विश्वकपको प्रिक्वार्टरफाइनलमा

    काठमाडौं । निकै संघर्षपूर्ण र रोमाञ्चक खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेलाई हराउँदै तीन पटकको विजेता अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।


    images

    अमेरिकाको मियामीमा भएको थ्रिलिङ म्याचमा केप भर्डलाई ३-२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । 

    दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।

    २९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमाडेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काए ।

    निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गाेल गरे ।

    त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए। तर, १११औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित भयाे ।

    लियोनल मेसीले प्रहार गरेको कर्नर बल क्रिस्टियन रोमेरोले हेड  गर्दा डिनेलाई लागेर गोल हुन पुग्यो। र, अहिले गोलनै अर्जेन्टिनाका लागि विजयी गोल बन्यो । 


    पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केप भर्डले विश्व विजेतालाई आच्छुआच्छु पार्यो। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टको सामना गर्नेछ। पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केप भर्ड अन्तिम ३२ बाट बाहिरिन पुग्यो।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार