२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

घानालाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम १६ मा

घानालाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम १६ मा

साझा पोष्ट
शनिबार, असार २० २०८३
  • images
    images
    घानालाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम १६ मा

    काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।


    images

    अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

    कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे ।  योसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

    अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।

     

    सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।

    कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार