काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ पुग्ने टोलीको टुंगो लागेको हो । कोलम्बिया र घानाबीचको खेल सकिएसँगै प्रि–क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो ।
४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् । आयोजक अमेरिका, क्यानडा र मेक्सिको तीनै देश अन्तिम १६ मा पुगेका छन् ।
यी हुन् १६ टीमः
१. अमेरिका
२. मेक्सिको
३.क्यानडा
४. पाराग्वे
५. ब्राजिल
६. नर्वे
७. फ्रान्स
८. इङ्ल्यान्ड
९. पोर्चुगल
१०. स्पेन
११. मोरक्को
१२. बेल्जियम
१३. अर्जेन्टिना
१४. इजिप्ट
१५. स्विट्जरल्यान्ड
१६. कोलम्बिया
कसको प्रतिद्वन्द्वी को ?
क्यानडा र मोरक्को
फ्रान्स र पाराग्वे
ब्राजिल र नर्वे
मेक्सिको र इङ्ल्यान्ड
पोर्चुगल र स्पेन
अमेरिका र बेल्जियम
अर्जेन्टिना र इजिप्ट
स्विट्जरल्यान्ड र कोलम्बिया


