काठमाडौं। मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेपछि मोरक्कोले क्यानडालाई ३–० ले हराउँदै सन् २०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए ।
कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए ।
‘एटलस लायन्स’ उपनामले परिचित मोरक्को दुई पटकभन्दा बढी विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।
सन् २०२२ मा सेमिफाइनल पुगेपछि मोरक्कोले लगातार दोस्रो संस्करणमा अन्तिम आठमा स्थान बनाएको हो।


