२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एनपिएलको अक्सनका लागि १ सय ५५ खेलाडी छनौट

एनपिएलको अक्सनका लागि १ सय ५५ खेलाडी छनौट

साझा पोष्ट
आइतबार, असार २१ २०८३
  • images
    images
    एनपिएलको अक्सनका लागि १ सय ५५ खेलाडी छनौट

    काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) काे लागि अक्सनका लागि १ सय ५५ खेलाडी छनाै भएका छन् । साेमवार हुने अक्सनका लागि क्यानले अन्तिम सूची सार्वजनिक गरेको हाे 


    images

    अक्सन सोमबार हुँदैछ।‌ क्यानका अनुसार एनपिएलका लागि कुल ३‌बसय ४७ खेलाडीले नाम दर्ता गराएका थिए।  त्यसबाट अक्सन का लागि १ सय ५५ खेलाडी छनोट भएका छन्।क्याटेगोरी ‘ए’ मा ५ जना, ‘बी’ मा २७ जना र ‘सी’ मा १२३ जना रहेका छन्।


    अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ खेलाडीलाई अनुबन्ध गर्नेछन्। क्यानका अनुसार तेस्रो संस्करणदेखि प्रतियोगिताको टोली संरचनामा पनि परिवर्तन गरिएको छ। 

    अब प्रत्येक फ्रेन्चाइज टोलीमा थप दुई नेपाली खेलाडी समावेश गरिनेछ। यससँगै मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसमेत गरी प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहने  क्यानले जनाएको छ।

    फ्रेन्चाइजमा सबैभन्दा बढी जनकपुर बोल्ट्सले खर्च गर्न पाउनेछ। जनकपुरसँग ६६ लाख २५ हजार रहेको छ। यस्तै, बिराटनगर किंग्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, कर्णाली याक्स र चितवन राइनोजसँग ४२–४२ लाख तथा सबैभन्दा कम काठमान्डु गोर्खाजसँग ३४ लाख पर्स रहेका छन्।

    पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्कणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। सुदूरपश्चिम रोयल्स दुवै संस्कणमा उपविजेतामा सिमित भएको थियो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार