काठमाडौं। २०१० को विजेता स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोर्चुगललाई १–० गोलले हराउँदै स्पेन अन्तिम ८ मा प्रवेश गरेको हो।
स्पेनको जितमा खेल सकिनै लाग्दा इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो।
अमेरिकाको ड्यालस स्टेडियममा ९१ औं मिनेटमा फेरान टोरेसको पासमा मिकेलले गोल गरेपछि विश्व स्टार क्रिष्टियानो रोनाल्डोको पोर्चुगल स्तब्ध भयो ।
अब स्पेनले क्वाटरफाइनलमा अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


