काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता “सकिएको” घोषणा गरेको केही घण्टापछि नै अमेरिकी सेनाले बुधबार इरानमाथि भीषण आक्रमण गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ हर्म्युजमा अवस्थित बन्दरगाह सहर बन्दार अब्बास, अर्को दक्षिणी तटीय सहर सिरिक र इरानको आणविक ऊर्जा केन्द्र रहेको दक्षिण-पश्चिमी बुशेहर प्रान्तमा विस्फोटहरू भएका छन्।
चाबाहारमा भएको भनिएको एउटा विस्फोटको तस्बिर सेयर गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्स् “यो हिजो इरानद्वारा जहाजहरूमाथि गरिएको बमबारीको बदला हो। यदि यस्तो फेरि दोहोरियो भने, परिणाम अझ गम्भीर हुनेछ१”
अमेरिकी सेन्ट्रल कमान्डले उक्त आक्रमणको पुष्टि गर्दै एक्समा पोस्ट गरेको छः “कमान्डर इन चीफको निर्देशनमा, अमेरिकी सेन्ट्रल कमान्डका सेनाले स्ट्रेट अफ हम्र्युजमा जलयात्राको स्वतन्त्रतालाई जोखिममा पार्ने इरानको क्षमतालाई थप कमजोर बनाउनका लागि त्यहाँ थप आक्रमणहरू सुरु गरेका छन्।”
“एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र रूपमा चलिरहेका व्यापारिक जहाज र नागरिक चालक दलमाथि हालै इरानले गरेको अनुचित आक्रामक व्यवहारका लागि संयुक्त राज्य अमेरिकाले उसलाई जिम्मेवार ठहराउँदै छ।”
इरानी सरकारी टेलिभिजनका अनुसार अबु मुसा टापुमा थप विस्फोटका आवाजहरू सुनिएका छन्। संयुक्त अरब इमिरेट्सले दाबी गर्दै आएका तीनवटा साना टापुहरूमध्ये यो पनि एक हो, जसले स्ट्रेट अफ हम्र्युजमा इरानको नियन्त्रणका लागि मुख्य आधारको रूपमा काम गर्छ।
इरानको मेहर समाचार एजेन्सीका अनुसार दक्षिणी इरानको बुशेहर प्रान्तमा भएका यी आक्रमणहरूबाट बुशेहर आणविक ऊर्जा केन्द्रमा कुनै क्षति पुगेको छैन।


