२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति

गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति

साझा पोष्ट
आइतबार, असार २८ २०८३
  • images
    images
    गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति

    काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ ।


    images


    नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति जुटेको हो ।

    काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ने‍पालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार २५ गते उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।

    उनको निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन । तर आज सहमति भएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार