२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

खाल्डोमा जमेको पानीमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

साझा पोष्ट
आइतबार, असार २८ २०८३
  • images
    images
    खाल्डोमा जमेको पानीमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

    काठमाडौं । सिरहामा  खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।


    images

     गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा भएको घट्नामा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेखको ज्यान गएको हो । 

    घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् ।

    रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बस्दै आएका थिए । 
    घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार दिउँसो घरबाट निस्केका उनीहरु  खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको बताइएको छ ।

    खाल्डो गाई, गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खान बनाइएको बुझिएको छ ।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार