२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अस्पतालबाट माजिद अन्सारीले गरे जीवन रक्षाको अपिल

अस्पतालबाट माजिद अन्सारीले गरे जीवन रक्षाको अपिल

साझा पोष्ट
सोमबार, असार २९ २०८३
  • images
    images
    अस्पतालबाट माजिद अन्सारीले गरे जीवन रक्षाको अपिल

    काठमाडौं । शिक्षण अस्पतालमा उपचार गराईरहेका जेनजी अभियन्ता माजिद अन्सारीले आिफ्नो जीवन रक्षा गरिदिन अपिल गरेका छन् । आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन उनले माग गरेका छन् ।


    images

    अस्पतालबाट वक्तव्य जारी गर्दै उनले सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदि आग्रह गरेका छन् । 
    कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको कुटपिटबाट घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको, पक्राउ पुर्जी पनि नदेखाइएको तथा पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता नरहेको दाबी गरेका छन् । 

    ">

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार