काठमाडौं । सञ्चारमाध्यमका कार्यालय अगाडि राखिएका शंकास्पद ढंगले गाडी राखेर तर्साउने प्रयास भएको छ ।
सोमबार बिहानै कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो छेकिने गरी गाडी पार्किङ गरेर राखिएको हो । जसले गर्दा सञ्चारमाध्यमका कार्यरत पत्रकार र कर्मचारीलाई आफ्ना सवारी साधान कार्यालय हाताभित्र लग्न समेत समस्या भएको थियो।


