२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वर्षाका कारण नारायणगढ-मुग्लिन सडक यात्रामा रोक

वर्षाका कारण नारायणगढ-मुग्लिन सडक यात्रामा रोक

साझा पोष्ट
सोमबार, असार २९ २०८३
  • images
    images
    वर्षाका कारण नारायणगढ-मुग्लिन सडक यात्रामा रोक
    फाइल तस्बिर

    काठमाडौं । अबिरल वर्षाका कारण जोखिममा रहेको र ठाउँ ठाउँमा लेदो खसेको कारण नारायणगढ(मुग्लिन सडक खण्डमा यात्रा गर्न रोक लगाइएको छ ।


    images


    आज जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर चितवन भएर यात्रा गर्ने सडकमा जोखिम भएका कारण यात्रामा रोक लगाइएको जनाएको हो  ।

     प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना निकालेर बाटोमा जोखिम भएकाले सुुरक्षाका लागि अर्को सूचना जारी नभएसम्म बाटोमा यात्रा नगर्न अनुरोध गरेका छन्  ।  अहिले राति नारायणगढ मुग्लिन सडक खण्डको सेतीदोभानलगायतका विभिन्न स्थानमा लेदो खसेर बाटो समेत अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    अहिले राति पनि सडक अवरुद्ध भएको कारण अलपत्र परेका यात्रुहरूलाई एम्बुलेन्स प्रयोग गरेर नारायणगढ मुग्लिन सडक खण्ड पार गराइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    कार्यालयले राति  सूचनामार्फत निरन्तर वर्षातको कारण मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न स्थानमा पहिरो लगायत माथिबाट लेदो खसेर सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र परेका एम्बुलेन्सलगायत अन्य सवारीसाधनहरूलाई गन्तव्य स्थानमा पठाउने कार्य भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार