२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आफैंमाथि पेट्रोल छर्केका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

आफैंमाथि पेट्रोल छर्केका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    आफैंमाथि पेट्रोल छर्केका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

    काठमाडौं । सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगजनी गर्दा गम्भीर घाइते भएका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ।


    images

    मंगलबार बिहान २:४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रहेका मण्डलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    असार २६ गते सर्लाहीमा गडैता नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय मण्डलले आफ्नो घर नजिकै पेट्रोल छर्केर आफैंमाथि आगाे लगाएका थिए । आगजनी गरेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। 

    यसअघि पनि दुई जनाले आत्मदाह गरेका छन्। 

    काठमाडौंमा गणेश नेपाली र अश्विन राउतले पनि आफैंमाथि आगजनी गरेका थिए। उनीहरू दुबै जनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार