२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

    काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको  छ । 
    गत साता जिल्ला अदालतले नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौले आज सजाय निर्धारण गरेको हो ।


    images

    अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।

    ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा  एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार