२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

     काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ ।


    images

    मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना तोकेको हो ।  जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई फरक-फरक मुद्दामा फरक फरक सजाय निर्धारण गरेको छ। ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना निर्धारण गरिएको छ ।

    राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ। त्यस्तै  थप तीन महिना कैद तोकिएको छ।

    अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ । यस मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो। जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार