२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर, दुई वर्ष कैद सजाय

नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर, दुई वर्ष कैद सजाय

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर, दुई वर्ष कैद सजाय

    काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ ।


    images

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।

    विशेष अदालतले पौडेललाई दुई वर्ष कैद सजाय तोकेको छ । र, विशिष्ट श्रेणीमा बसेर भ्रष्टाचार गरेको भन्दै थप छ महिना कैद सजाय पनि तोकेको छ ।

    दुई करोड २१ लाख रुपैंया मात्रै बैध रूपमा आर्जन गरेको अवस्थामा पौडेलको साथमा १४ करोड ५७ लाख रुपैंया सम्पत्ति भेटिएको विशेष अदालतको ठहर छ ।

    उनले अपराध पीडित संरक्षण कोषमा ५१ लाख रुपैयाँ बुझाउनुपर्नेछ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार