२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालतले सुनायो सजाय, कसलाई कति ?

नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालतले सुनायो सजाय, कसलाई कति ?

मंगलबार, असार ३० २०८३
  • images
    images
    नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालतले सुनायो सजाय, कसलाई कति ?

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी सम्बन्धी मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकप्रसाद रिजाल सहित १५ जनालाई सजाय सुनाएको छ।


    images


    न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहर भएका र मतियार भनिएका सबैलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकेको छ । 

    अदालतले कसुर अनुसार कैद र जरिवाना भनी अलग अलग सजाय किटान गरे पनि जुन कसुरमा सबभन्दा बढी कैद सजाय तोकिएको छ, उनीहरूले त्यो मात्र भुक्तान गर्नुपर्छ। जरिवाना भने हरेक कसुरपिच्छे तिर्नुपर्नेछ । 

    आदेश अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रकुमार राई र आङटावा शेर्पालाई ४ वर्ष कैद भएको छ।

    उनीहरूलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना र एकीकृत कसुरतर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाइएको हो। यसमध्ये अधिकतम कैद ४ वर्ष बस्नुपरे पनि जरिवाना सबै कसुरको तिर्नुपर्छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मतियार ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई यसको आधा कैद सुनाइएको छ।  उनले २ वर्ष कैद बस्नुपर्नेछ।

    त्यस्तै, विक्रम भन्ने गोविन्द कुमार चौधरी, सन्देश शर्मा र सागर राईलाई पनि ४ वर्ष कैद सजाय भएको छ । 

    उनीहरूलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना र एकीकृत कसुरतर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको हो।

    भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद हुनेछ । उनलाई लिखत कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना, ठगीमा १ वर्ष कैद र १० हजार जरिवाना, संगठित अपराधमा डेढ वर्ष कैद र १५ हजार जरिवाना, राज्यविरूद्धको कसुरमा ६ महिना कैद र ५ हजार जरिवाना, एकीकृत कसुरमा २ वर्ष कैद र २० हजार जरिवाना सुनाइएको छ।

    यो प्रकरणका योजनाकार सानु भण्डारी र केशव दुलालले ४ वर्ष कैद सजाय तोकिएको छ । 

    उनीहरूलाई लिखत कसुरमा २ वर्ष कैद र २० हजार जरिवाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना र एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाइएको छ।

    नरेन्द्र केसी, शमसेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेलले १ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने छ। उनीहरूलाई ठगीमा ६ महिना कैद र ५ हजार जरिवाना, संगठित अपराधमा ९ महिना कैद र ७ हजार ५ सय जरिवाना, राज्यविरूद्धको कसुरमा ६ महिना कैद र ५ हजार जरिवाना र एकीकृत कसुरतर्फ १ वर्ष कैद र १० हजार जरिवाना सुनाइएको छ।

    रामशरण केसी, टंककुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाई पाएका छन् । २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, पूर्वगृहसचिव पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुर लगाउँदै मुद्दा दायर भएको थियो । 

    काठमाडौं जिल्ला अदालतको यो फैसलाविरुद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन् ।

    bhutani_1.jpg
    butani_2.jpg
    bhutani_3.jpg
    bhutani_4.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार