२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बुधवारदेखि भरि सिलिन्डर ग्यास बिक्री हुने, मूल्य पनि तोकियो

बुधवारदेखि भरि सिलिन्डर ग्यास बिक्री हुने, मूल्य पनि तोकियो

साझा पोष्ट
बुधबार, असार ३१ २०८३
  • images
    images
    बुधवारदेखि भरि सिलिन्डर ग्यास बिक्री हुने, मूल्य पनि तोकियो

    काठमाडौ । भोलिदेखि भरि  सिलिन्डर ग्यास बिक्री हुने भएको छ ।  


    images


    नेपाल आयल निगम निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ के.जी. क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

    इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भइरहेको लोडिरिङ अवस्थामा उल्लेखनीय सुधार आएपछि यो निर्णय लिइएको हो । भोलिबाट बजारमा उपलब्ध हुने पूर्ण क्षमताको १४.२ केजी ग्यास सिलिन्डरको पूरा मूल्य र २,०६० रुपैयाँ तोकिएको छ ।

    केही समयका लागि ७.१ केजीको सिलिन्डर बजारबाट पूर्ण रूपमा प्रतिस्थापन भई नसकेको अवस्था छ । यस संक्रमणकालीन अवधिमा बजारमा ७.१ केजी र १४.२ के.जी. दुवै किसिमका सिलिन्डरहरू बिक्री वितरण हुन सक्ने सम्भावना  छ । निगमले तत्कालीन परिस्थिति र बजारमा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आधा सिलिन्डर ग्यास बिक्री गर्न उद्योगलाई पहिले निर्देश दिएको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार