२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध दर्ता भयो सम्पत्ति शुद्धीकरण मुद्दा, २१ करोड बिगो दाबी

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध दर्ता भयो सम्पत्ति शुद्धीकरण मुद्दा, २१ करोड बिगो दाबी

साझा पोष्ट
बिहीबार , असार ३२ २०८३
  • images
    images
    पूर्वअर्थमन्त्री पौडेलविरुद्ध दर्ता भयो सम्पत्ति शुद्धीकरण मुद्दा, २१ करोड बिगो दाबी

    काठमाडौं ।  व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


    images

    पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। साथै विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी गरेको छ ।विशेष अदालतका अनुसार मुद्दामा पौडेलसहित १० वटा कम्पनीहरूसहित १६ जनालाई प्रतिवादी बनाइएको छ। 
    यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेतको सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको हो।

    पूर्वअर्थमन्त्री पौडेलमाथि व्यवसायी दीपक भट्ट लगायतलाई गैरकानूनी सम्पत्ति लुकाउन तथा छल्ने वातावरण मिलाइदिएको आरोप छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम उनले यस कसूरमा मतियारको रूपमा काम गरेको अभियोग पत्रमा उल्लेख छ।

    पूर्वअर्थमन्त्री पौडेलले पद र प्रभावको दुरुपयोग गरी ‘श्रीराम टोबाको उद्योग प्रालि’ को उच्च बजार मूल्य रहेको सेयरलाई अत्यन्तै न्यून मूल्यमा दीपक भट्टको कम्पनी ‘हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालि’ लाई दिलाउन सहजीकरण गरेको र त्यसबापत आर्थिक लाभ प्राप्त गरेको आरोप छ।

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा एमाले उपाध्यक्ष पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो।

    विशेष अदालतबाट पटक-पटक म्याद थप गरी अनुसन्धान प्रक्रिया पूरा गरेपछि सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गरेको हो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार