२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर,भारतमा उपचार हुँदै

एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर,भारतमा उपचार हुँदै

साझा पोष्ट
शनिबार, साउन २ २०८३
  • images
    images
    एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर,भारतमा उपचार हुँदै

    काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् ।


    images

    उनले मिरालाई के को क्यान्सर भएको हो खुलाएका भने छैनन् । नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै उपचारमा खटिनुपरेकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको बताएका छन् । 

    ‘भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा  श्रीमती मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष  जोडिनु परेका कारण यसबिच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष  जोडिन नसकेको सबैमा जानकारी गराउन चाहन्छु । उपचारको क्रम अझै जारी रहने भएका कारण मेरो उपस्थिति र गतिविधि अझै प्रभावित रहने कुरा पनि जानकारी गराउँछु ।’ उनले भनेका छन् ।


    उनले श्रीमतीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउने साथीहरू तथा आफन्तजनप्रति आभार व्यक्त गरेका छन् ।  मिरा संविधानसभा सदस्य पनि हुन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार