२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बाढीपहिरोले कान्ति लोकपथ र बिपी राजमार्ग बन्द

बाढीपहिरोले कान्ति लोकपथ र बिपी राजमार्ग बन्द

साझा पोष्ट
आइतबार, साउन ३ २०८३
  • images
    images
    बाढीपहिरोले कान्ति लोकपथ र बिपी राजमार्ग बन्द
    फाइल तस्बिर

    काठमाडौं । बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।


    images

    बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा र रोशी खोलामा पानीको बहाव बढ्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको छ । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ ।
    यस्तै कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ ।

    अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जाँदा र भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक भासिदा सवारी आवागमन प्रभावित भएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार