२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति काँग्रेसको विमति

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति काँग्रेसको विमति

साझा पोष्ट
आइतबार, साउन ३ २०८३
  • images
    images
    प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति काँग्रेसको विमति

    काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् ।


    images

    आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए ।

    सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेट भन्दा फरक कुरा भएकाले काँग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।

    उनले नेपाली काँग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे । सत्तालाई नै सबै थोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ ।

     ‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ । परिणाम जे भए पनि नेपाली काँग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन । विगतका गल्ती दोहोर्‍याउँदैनौँ ।' सभापति थापाले भने, तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेश विपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ ।’

    राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताए ।

     

    सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताए । उनले काँग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार रहनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार