२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

साउन महिनाको पहिलो सोमवारः देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउन महिनाको पहिलो सोमवारः देशभरका शिवालयमा भक्तजनको घुइँचो

साझा पोष्ट
सोमबार, साउन ४ २०८३
  • images
    images
    साउन महिनाको पहिलो सोमवारः देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् ।


    images

    वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमवार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । साउन महिना र सोमवारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ ।

    यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान शिवको पूजा–आराधना गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ ।

    धार्मिक विश्वासअनुसार साउनको सोमवार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । विशेषगरी महिलाहरूले हरियो वस्त्र र श्रृङ्गारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन् । साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भएपनि सोमवारको दिनलाई अझ विशेष रूपमा लिइने गरिन्छ । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार