२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

साझा पोष्ट
मंगलबार, साउन ५ २०८३
  • images
    images
    भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

    काठमाडौं । भारतको प्रमुख विपक्षी दल कांग्रेसका आईका नेता राहुल गान्धी पक्राउ परेका छन् ।  पेपर लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता पक्राउ परेका हुन्। प्रधानमन्त्री निवासनजिकै धर्नामा राहुल गान्धीसहित प्रियंका गान्धी, अध्यक्ष मल्लिकार्जुन खड्के, अखिलेश यादव पक्राउ परेका छन् । 


    images

     

    तीन घण्टासम्म चलेको धर्नाका क्रममा सरकारले राहुल गान्धीसँग दुई पटक वार्ता गरे पनि उनी आफ्नो अडानबाट पछि हटेनन्। त्यसपछि १०० भन्दा बढी प्रहरी घटनास्थलमा पुगेका थिए। काङ्ग्रेस नेता–कार्यकर्ताले घेरा बनाएर राहुलसम्म प्रहरी पुग्न नदिने प्रयास गरेका थिए।

    करिब आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको अवस्था सिर्जना भयो। प्रहरीले लाठीचार्जसमेत गरेको थियो। अन्ततः एक दर्जनभन्दा बढी प्रहरीको टोलीले नेताहरूलाई नियन्त्रणमा लिएको हो।

     

    भारतीय कांग्रेसले विशेष गरेर कक्रोच जनता पार्टी (सिजेपी) को विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूमाथि भएको कुटपिट र धरपकडप्रति गम्भीर विमतीसहित धर्ना सुरु गरेको थियो।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार