२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हस्तकला महासंघका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले के वाचा गरे ?

हस्तकला महासंघका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले के वाचा गरे ?

साझा पोष्ट
बुधबार, साउन ६ २०८३
  • images
    images
    हस्तकला महासंघका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले के वाचा गरे ?

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षत्रेको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।


    images

    बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै उनले नेपालको हस्तकला क्षेत्र मुलुककै पहिचानको क्षेत्रका भएकाले यस क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका हुन् ।

    सातै प्रदेशमा हस्तकलाग्राम खडा गरेर रोजगारी सिर्जना गर्नका लागि महासंघ र सम्बन्धीत निकायसंग सहकार्य गर्ने उनले बताए ।

    साथै प्रधानमन्त्री शाहले देशको हस्तकलामार्फत देशको पहिचान र निर्यातमार्फत राजस्व बृद्धि गर्ने सरकारको लक्ष्य रहेको समेत धारणा राखेको छलफलमा सहभागी नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।


    आफूहरूले विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रियकरण गर्नm प्रस्ताव गरेकोमा सम्बन्धित निकायमार्फत निर्णय गर्ने प्रतिबद्धता समेत आएको अध्यक्ष शाक्ले बताए ।

    त्यस्तै, हस्तकला क्षेत्रका समस्या, चुनौती र अवसरहरूको समष्टिगत रूपमा मूल्याङ्कन र निराकरण गर्न हस्तकला विकास बोर्ड खडा गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री व्यक्त गरेको उनले बताए ।

    त्यसैगरी विगत केही वर्षदेखि रोकिएर रहेको ’सार्क हस्तकला विकास केन्द्र’ लाई यथाशीघ्र सम्बन्धित निकायहरूसँग समन्वय गरी सञ्चालनमा ल्याउने लगाएतका बिषयमा पनि छलफल भएको अध्यक्ष शाक्यले जानकारी दिए ।

    छलफलमा महासंघका अध्यक्ष शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा, निर्यातकर्तालगाएतको सहभागीता  थियो ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार