२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, गरियाे शिलबन्दी (तस्बिरसहित)

मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, गरियाे शिलबन्दी (तस्बिरसहित)

साझा पोष्ट
बिहीबार , साउन ७ २०८३
  • images
    images
    मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, गरियाे शिलबन्दी (तस्बिरसहित)

    काठमाडौं । सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) मा सरकारले सिलबन्दी गरेको छ ।


    images

    युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थामा छापा मारी कार्यालय सिल गरेको हो ।

    वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी प्रचलित मापदण्ड विपरित सीप प्रमाणीकरणको प्रमाणपत्र उपलब्ध गराउने गरेको भन्दै प्राप्त गुनासोका आधारमा उक्त टोलीले आकस्मिक निरीक्षण गरेको थियो । अनुगमनका क्रममा संस्थाले प्रचलित कानून र शर्तहरूको गम्भीर उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ । 

    सीटीइभीटीबाट केवल सीप प्रशिक्षण प्रदान गर्ने अनुमति पाएको यस संस्थाले सरकारी निकायलाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ । साथै, संस्थाले अनुमति लिएका विधाहरू भन्दा फरक विषयहरूमा समेत तालिम सञ्चालन गरी कानून विपरित कार्य गरेको अनुगमन टोलीले जनाएको छ । 

    अनुगमनका क्रममा टोलीले संस्थाको दर्ता प्रमाणपत्र, वैदेशिक कम्पनीसँगको सम्झौता, सीप परीक्षण गरिएका विवरणहरू र अन्य महत्वपूर्ण कागजातहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ । अर्को आदेश नभएसम्मका लागि संस्थाको सम्पूर्ण कामकाज रोक्का गरिएको छ । 

    अनुगमनमा संलग्न अधिकारीहरूले लोकतान्त्रिक व्यवस्थामा कानूनको मर्यादा सबैले राख्नुपर्ने र सरकारको भिजन, मिसन र प्रतिवद्धतामा सबैको सहयोग हुनुपर्ने बताएका छन् । नियन्त्रणमा लिइएका कागजातहरूको विस्तृत अनुसन्धान पश्चात संस्थामाथि थप कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

    talim_kendra4.jpg

    talim_kendra2.jpg

    talim_kendra_5.jpg

    talim_kendra3.jpg

    talim_kendra.jpg

    –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार