२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कांग्रेसले घोषणा गर्‍यो ‘एनसी फर एनसी’ अभियान

कांग्रेसले घोषणा गर्‍यो ‘एनसी फर एनसी’ अभियान

साझा पोष्ट
बिहीबार , साउन ७ २०८३
  • images
    images
    कांग्रेसले घोषणा गर्‍यो ‘एनसी फर एनसी’ अभियान

    काठमाडौं ।   नेपाली कांग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ।


    images

    बिहीबार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो। सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’को घोषणा गर्दै यसको अर्थ ‘नेपाली कांग्रेस फर नेसनल कज’ रहेको बताए।

    उनले यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सीमित नभई नागरिकहरूको कल्याण र बृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पारे। अभियानको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सांगठनिक तयारीको चरण रहने जानकारी दिए।

    उनका अनुसार भदौ २४ गते बिपी जयन्तीको अवसरमा भव्य समारोह आयोजना गरिनेछ। सोही दिन नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको छ।

    उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई यस अभियानमा सक्रियताका साथ सहभागी हुन र राष्ट्रिय हितका मुद्दामा केन्द्रित हुन आग्रहसमेत गरे। भदौ २४ गतेको विशेष समारोहलाई अभियानको मुख्य प्रस्थानबिन्दु बनाइने कांग्रेसले जनाएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार