२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नयाँ सरकार आएपनि शासन ठिक ढंगले नभएको राजेश हमालको टिप्पणी

नयाँ सरकार आएपनि शासन ठिक ढंगले नभएको राजेश हमालको टिप्पणी

साझा पोष्ट
शुक्रबार, साउन ८ २०८३
  • images
    images
    नयाँ सरकार आएपनि शासन ठिक ढंगले नभएको राजेश हमालको टिप्पणी

    काठमाडौं । महानायक राजेश हमालले नयाँ सरकार आए पनि मुलुकको शासन प्रणाली ठिक ढंगले चल्न नसकेको टिप्पणी गरेका छन् । यस्तै ढंगले मुलुक चलाउने हो भने ‘देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने’ उनले चेतावनी दिएका छन् । 
     


    images

    हमालले  देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अनुसार चलेको सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । 
     

    ‘देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन ।

    ‘कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ।’ उनले अगाडी लेखेका छन, ‘भविष्य प्रतिको स्पष्ट दृष्टिकोण बिना र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान गर्न नसकी केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ।’ 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार