काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एव्म बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको भेटिएको छ । अहिले उनका यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सार्वजनिक भएको सो भिडियो रास्वपाबाट सिरहा क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बब्लु गुप्ता आलोचनामा परेका छन् ।
सिरहा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गुप्ताको सार्वजनिक भएको भिडियोमा उनी गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको देखिन्छ।
उनले हेल्मेटसमेत लगाएका छैनन । जसले सडक सुरक्षाका आधारभूत नियम उल्लंघन गरेको प्रष्ट हुन्छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियमको बेवास्ता गर्दै जोखिमपूर्ण शैलीमा यात्रा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन्।
सांसदजस्ता जिम्मेवार व्यक्तिले नियम पालना गरेर नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने उनीहरूको टिप्पणी छ। कतिपयले यस्तो गतिविधिले सर्वसाधारणमा गलत सन्देश जाने बताएका छन्।


