२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

साझा पोष्ट
आइतबार, साउन १० २०८३
  • images
    images
    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

    काठमाडौं, साउन १० । काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।


    images

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ  छन् ।


    बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

    उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार