२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साझा पोष्ट
सोमबार, साउन ११ २०८३
  • images
    images
    साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं । साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो छ । भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमवार पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो । पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ । दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र अक्षता लिएर दर्शनका लागि लामवद्ध भएका छन् । 


    images


    पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था तथा भक्तजनको सहजताका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ । पशुपतिनाथका अतिरिक्त राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने माखन महादेव मन्दिरलगायतका शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ । 

    उपत्यकाबाहिरका प्रसिद्ध धार्मिक स्थलहरू जस्तै चितवनको देवघाटधाम, धरानको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरूको ठूलो सङ्ख्या उपस्थित रहेको छ । धार्मिक विश्वासअनुसार साउन महिना शिवको अति प्रिय महिना हो भने सोमवार उहाँको विशेष दिन हो । 


    यस दिन श्रद्धापूर्वक शिवको उपासना गर्दा पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने जनविश्वास  छ । विशेषगरी महिलाहरूले यस महिनामा हरियो वस्त्र र मेहेन्दी लगाएर व्रत बस्ने तथा शिवको पूजा गर्ने परम्परा रहिआएको छ । साउनको सोमवार पारेर बोलबम तीर्थालुहरूले विभिन्न नदी तथा कुण्डबाट शुद्ध जल ल्याई शिवालयहरूमा अर्पण गर्ने कार्य पनि उत्साहका साथ चलिरहेको छ ।– न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार