२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वचत फिर्ताकाे माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

वचत फिर्ताकाे माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

साझा पोष्ट
सोमबार, साउन ११ २०८३
  • images
    images
    वचत फिर्ताकाे माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

    काठमाडौं, साउन ११ । सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । 
    सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् ।


    images


    उनीहरुले  ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो वचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म रु’, ‘जग्गा मिलानका नाममा पीडित वचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित वचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित वचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । यस्तै उनीहरुले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको व्यानर समेत प्रदर्शन गरेका छन् ।

     सहकारी पीडितहरुले सरकारले साना र ठूला वचतकर्ता भनेर पीडितहरुलाई विभाजन गरेर पीडितहरुको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् । सहकारी पीडित वचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरुको वचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे । 

    माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउदाँ समेत सुनुवाई नभएको उल्लेख गर्दै उनले अब सहकारी पीडितहरुको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 


    सहकारी पीडितसंग विगतमा गरेका सम्झौताहरु कार्यन्वयन गराउन आफूहरुले प्रदर्शनमा उत्रिएको उनको भनाई छ । उनले सरकारले साना र ठूला वचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाए । 


    सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर वचत फिर्ता गर्न उनले सरकारसंग आग्रह गरे । सरकारले हाल ठूला ऋणीसंँग कर्जा असुली गरेर साना वचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।
    –न्युज एजेन्सी नेपाल 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार