२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पहिरोमा परी  लमजुङमा बाबुछोरीको मृत्यु, ४ जना घाईते

पहिरोमा परी  लमजुङमा बाबुछोरीको मृत्यु, ४ जना घाईते

साझा पोष्ट
मंगलबार, साउन १२ २०८३
  • images
    images
    पहिरोमा परी  लमजुङमा बाबुछोरीको मृत्यु, ४ जना घाईते

    काठमाडौं, साउन १२ । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोमा परी दुई जनाको  मृत्यु भएको छ । 
    मृत्यु हुनेमा ५१ वर्षीय टिकाबहादुर बिक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता बिक रहेको जिल्ला प्रहरी कार्यायल लमजुङले जनाएको छ ।


    images


    मध्यनेपाल नगरपालिका–७ भाटबेसीँमा राति कुलो भत्किएर आएको बाढीको कारण पहिरो जाँदा घर भत्किएको हो। घटनामा एकै परिवारका चार जना घाइते भएका थिए। पहिरोमा पुरिएर टीकाबहादुरकी पत्नी ५० वर्षीया शुकमाया विक र अर्की छोरी १६ वर्षीया अस्मिता विक गम्भीर घाइते भएकी छन्। 

    उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको छ। गम्भीर घाइते बाबुछोरीको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामै मृत्यु भएको हो। 

    विक परिवार विष्णु दत्त सुवेदीको दुईतले घरमा बस्दै आएका थिए। ढुङ्गा–माटोले बनेको कच्ची घर गएराति करिब अढाई बजे पहिरोमा परेको हो। 

    घरमा सुतिरहेका चारजना पहिरोमा पुरिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा ११ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार